गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

सामाजिक विकास कार्यालय

पर्वत, नेपाल

animated national flag

संक्षिप्त परिचय


शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सवै ११(एघार) जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने गरी गण्डकी मन्त्रिपरिषद् बाट संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भए वमोजिम पर्वत जिल्लामा समेत मिति २०७८।०५।१० गते सामाजिक विकास कार्यालय स्थापना भै सञ्चालनमा आएको छ ।  

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ,प्रदेश र स्थानीय तह गरी तीन तहमा रुपान्तरण भएको छ।तीनै तहले  नेपालको संविधान बमोजिम राज्यशक्तिको प्रयोग मार्फत नेपाली जनताको दिगो शान्ति,सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गर्न समयानुकूल प्रशासनिक संरचनाको स्थापना,विस्तार,परिमार्जन तथा सञ्चालन गर्ने  क्रम जारी नै रहेको छ । 

यसै बीचमा गण्डकी प्रदेश सरकार ( कार्यविभाजन ) नियमावली,२०७४ मा शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको कार्यजिम्मेवारी,कार्यवोझ तथा कार्यप्रकृति समेतलाई दृष्टिगत गरी मन्त्रालयको अधिकार र कार्यक्षेत्राधिकार भित्र पर्ने नीति,योजना तथा कार्यक्रमको सशक्त र प्रभावकारी रुपबाट  कार्यान्वयन गरी अपेक्षित उपलव्धि हासिल गर्न  मन्त्रालय अन्तरगत जिल्लास्तरमा प्रशासनिक संयन्त्रको रुपमा बागलुङ जिल्लामा समेत सामाजिक विकास कार्यालय स्थापना भएको छ ।

संघीय प्रणालीको सोच अनुरुप स्थापना भएको यस सामाजिक विकास कार्यालयको मूलभूत जिम्मेवारी अन्तर्गत शिक्षा सम्वन्धी जिल्लागत समक्षा तथा  स्थितिपत्र निर्माण, जिल्ला भित्रका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्वको पहिचान बोकेका स्थानहरुको संरक्षण तथा मर्मत संभार,सामुदायिक विद्यालय तथा भवन निर्माण,मर्मत संभार,खेलकुद विकास तथा सो सँग सम्वन्धित पूर्वाधार विकास लगायतका कार्यहरु पर्दछन् ।

यसका अतिरिक्त अपाङ्गता भएका व्यक्तिहरु क्षमता विकास तथा पुनस्थापना ,ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण,स्थानीय तहका महिला शाखाका कर्मचारीहरुको क्षमता विकास,लैंगिक हिंसा तथा सामाजिक कुरीति न्यूनिकरण तथा महिला सशक्तिकरण,सडक मानव पहिचान तथा व्यवस्थापन,बालमैत्री स्थानीय शासन प्रवर्धन,महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता विकास अभिवृद्धि लगायतका महिला,बालवालिका,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति तथा समाज कल्याणसँग सम्वन्धित क्षेत्रहरुको उत्थान,सशक्तिकरण,संरक्षण तथा विकास लगायतका उल्लेखनिय कार्यहरु सम्पादन गर्ने उदेश्यबाट निर्देशित भै  सामाजिक विकास कार्यालय स्थापना भएको छ ।